समाचार

ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छन्ः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीको पछिल्लो धारणा आएको हो । अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता...

यसरी हुन्थ्यो गंगालालमा नक्कली पीसीआर रिपोर्टको धन्दा

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट विनोदकुमार यादव बर्खास्त भएका छन् । कोभिड–१९ को पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएर रकम असुलेको अभियोगमा उनलाई सेवाबाट हटाइएको हो । गंगालाल हृदय रोग केन्द्रको प्रयोगशाला प्रमुखसमेत रहेका यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याड दुरूपयोग गर्ने, बिनापीसीआर परीक्षण...

मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण, ३०४ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

प्रहरीमा पनि जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले सर्तसहित पेन्सन अवधि घटाउने प्रस्तावबारे छलफल गरिरहेको छ । स्रोत भन्छ, ‘अर्थ मन्त्रालय, लोक सेवा आयोग...

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग...

भारतको भूमिकाः दुईको भेट नहुँदा नारदको जस्तोमात्रै !

डिसेम्बर ६ मा रुसीराष्ट्रपति भ्यादिमीर पुटिनको ६ घण्टे भारतभ्रमणले त्यसको पूर्वसङ्केत गरेको छ । पछिल्लोसमय रुस र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बन्नपुगेको छ । यदि यो तनाव यसरी नै कायम रहिरहे केही समयभित्रै रुस युक्रेनमाथि आक्रमण गरी कब्जा गर्ने मनस्थितिमा छ । यस्तो अवस्थामा रुसको विपक्षीक्याम्प अमेरिकालगायत युरोप, अष्ट्रेलिया र...

कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

जनकपुरधाम । कागजमा सीमित कृषि विश्वविद्यालयमा प्रदेश २ सरकारले उपकुलपति नियुक्त गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–२ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपति नियुक्त भएका हुन् । उपकुलपतिमा नियुक्त महतो प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य हुन् । महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा...

स्थानीय तहका १ हजार ६१३ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको काज सरुवा गरेको छ । नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गरी स्थानीय तहमा खटिएका कर्मचारीको काज सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार १६१३ जनाको काज सरुवा भएको हो । उनीहरुलाई...

मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने, डिस्मेन्टल गर्ने र बिक्रीवितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो । टोलीले...

ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान...