केएफसीको १३औं शाखा हेटौंडामा

अखबार हब
२०७८ मंसिर २२, बुधबार १६:०४

मकवानपुर । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौ शाखा विस्तार गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको हो ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकार जस्तै हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्राप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने देवयानी इन्टरनेशनलले जनाएको छ ।

केएफसीले आफ्ना ग्राहकका लागि कोभिड प्राटोकल प्रभावकारी रूपमा पालना गरको छ । जसका लागी चार प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको बताइएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । के.एफ.सी.का कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् ।

हरेक ग्राहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको केएफसीको सञ्चालक देवयानी इन्टरनेशलले उल्लेख गरेको छ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्ने बताइएको । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*