ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

अखबार हब
२०७८ मंसिर १८, शनिबार १४:५३

पाल्पा । पाल्पा तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी सहचालक बगनासकाली गाउँपालिका–२ का २१ वर्षीय हिरा कुमाल भने घाइते भएका छन्। उनको भित्रि शरिरमा चोट बढी नै लागेकाले अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*