राजेन्द्र लिङ्देनको प्यानलबाट राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने रेखाको तयारी

अखबार हब
२०७८ मंसिर १५, बुधबार १८:५९

काठमाडौं । अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । रेखाले अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिन लागेकी हुन् ।

यो विषयमा रेखाले केही बोलेकी भने छैनन् । तर, रेखाले चाँडै नै उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

काठमाडौंमा जारी महाधिवेशनबाट राप्रपामा एक महिलासहित तीन महामन्त्री निर्वाचित हुनेछन् । रेखा महिला महामन्त्रीको पदमा उठ्न लागेकी हुन् । उनी राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित थिइन् । रेखाले अब हरेक पार्टीमा युवा नेतृत्व आवश्यक रहेकाले लिङ्देनलाई साथ दिएको उक्त कार्यक्रममा बताएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*