परोपकार र दारी ग्याङ्ग हेटौँडाको सहकार्यमा शैक्षिक सामाग्री सहयोग
मकवानपुर । परोपकार युवा सञ्जाल नेपाल र दारी ग्याङ्ग हेटौँडाको सहकार्यमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
चितवनको रत्ननगर ४ स्थित राष्ट्रिय आधारभूत विद्यालय देबौलीमा अध्ययनरत् विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत् ६४ जना विद्यार्थीलाई झोला, कपी, पानी पिउने बोतल, टिफिन बक्स लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको दारी ग्याङ्ग हेटौंडाका संयोजक अजित खड्काले बताए ।
त्यस्तै समूहले चितवनको सत्यखोरस्थित सिद्धि छात्राबासमा रहेका अनाथ बालबालिकाहरुका लागि खाद्यान्न सामाग्री समेत सहयोग गरेको छ ।
समूहले छात्रावासमा रहेको बालबालिकाहरुका लागि ६ बोरा चामाल, १ काटुन खानेतेल, चिउरा, दाल लगायतको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको परोपकारी युवा सञ्जाल नेपालका संयोजक रमेश सापकोटाले जानकारी दिए ।








