मकवानपुरको विकट क्षेत्र राक्सिराङमा बोर्डिङ स्कूल

अखबार हब
२०७८ मंसिर १४, मंगलवार १५:५६

मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा सनराइन पब्लिक इंग्लिस स्कुल सञ्चालनमा आएको छ ।

विपन्न तथा सिमान्तकृत चेपाङ र तामाङ जातीको बाहुल्य रहेको राक्सिराङ गाउँपालिका–३ पलासेमा बोर्डिङ स्कुल खुलेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सोमबार विद्यालयको उद्घाटन गरेका छन् ।

विद्यालय सञ्चालक रोहन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडाध्यक्ष बाबुलाल स्याङ्तान, सूर्याेदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा, पूर्व स्रोत ब्यक्ति रामु दराई, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मनहरीका अध्यक्ष शिवकुमार रिजाल, राक्सिराङ गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राक्सिराङ गाउँ– पालिकामा निजी विद्यालय स्थापना हुनुमा गर्वको विषय भएको बताएका छन् । उनले शैक्षिक क्षेत्रको गुणस्तर र यहाँका बालबालिकाको शैक्षिक स्तर उकास्न स्कुलले भूमिका खेल्नु पर्नेमा गाउँपालिका अध्यक्ष मल्लले जोड दिए । गाउँपालिकाले नयाँ विद्यालयलाई अन्य विद्यालयहरु झैँ समान ब्यवहार गरी अभिभावकत्व प्रदान गर्ने बताएका छन् । स्कुलमा हाल एकसयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल काजीराम मुक्तानले जानकारी दिए । सनराइन इंग्लिस पब्लिक स्कुलले हाल कक्षा १ सम्मको मात्रै अनुमति पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*