सञ्चारिका समूह मकवानपुरमा सम्झना रिजाल

अखबार हब
२०७८ मंसिर १४, मंगलवार १९:५९

मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुरको अध्यक्षमा सम्झना रिजाल सर्वसम्मत चयन भएकी छिन् । आज हेटौँडामा भएको भेलाले उपाध्यक्षमा प्रिया पौडेल, सचिवमा सिर्जना नेपाल, सहसचिवमा निशा गुरुङ, कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने लाई चयन गरेको हो ।

सदस्याहरुमा सन्नु रिजाल, मनिता राना, शान्ति सेञ्चुरी, स्वीकृति न्यौपाने र नौं जनाको कार्यसिमितिले जमुना थिङलाई सदस्यमा मनोनित गरिएको छ । एकजना पछि मनोनित हुने गरी ११ सदस्यीय समिति निर्माण हुने छ । कार्यक्रममा सञ्चारिका समूह नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष सरिता दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*