समाचार
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगाना अख्तियारको छानबिनमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ । पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो । ‘पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी...
दाङमा कोइलाखानीमा च्यापिएर मजदूरको मृत्यु
दाङ। दाङमा कोइलाखानीमा च्यापिँदा एक जना मजदूरको मृत्यु भएको छ । सोमबार घोराही उपमहानगरपालिका–१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही-१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर...
ज्ञान कम्पनीको चोकरमा भेटियो विषादी, खसी कुखुरा मरे
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा ज्ञान कम्पनी चोकर खुवाउँदा खसी कुखुरा मरेका छन् । मनहरी गाउँपालिका वडा नं. ३ लामिटार निवासी दुर्गा ढकालको गोठमा रहेका खसी कुखुराहरु विषादी चोकरको सेवनका कारण मरेको हो । ४ खसी, १ बाख्रा र ४ लोकल कुखुरा गरी करीब डेढ लाख बराबरको क्षति भएको...
विदेशबाट फर्केकाले दुई सातामै ल्याए ९४ किलो सुन, सरकारले असुल्यो ९ करोड राजस्व
काठमाडौँ । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई सातामा नेपाल भित्रिएका २ हजार ५२ यात्रुले ९४ किलो सुन ल्याएका छन् । विमानस्थल भन्सार कार्यालयको जाँचका क्रममा सो सुन बरामद भएको हो । बरामद भएको सुनमा राजस्व तिर्दै यात्रुले फिर्ता लैजाने क्रम जारी छ । यस्तो सुनबाट सरकारले करिब ९...
थप ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।...
भन्सारको राजस्व भुक्तानी अब अनलाइनबाट
काठमाडौं । भन्सार कार्यालयहरुबाट संकलन गरिने सबै प्रकारका राजस्व अब अनलाइन प्रणालीमा आधारित हुने भएको छ । वार्षिक ५ खर्ब हाराहारीमा संकलन हुने यस्तो राजस्व नगदरहित ढंगबाट संकलन गर्ने पूर्वाधार निर्माण अन्तिम चरणको परीक्षणमा रहेको भन्सार विभागले जनाएको छ । आयात तथा निर्यात हुने वस्तुमा लाग्ने सरकारी दस्तुर व्यापारीले...
मकवानपुरमा दाजुभाइ बिच कुटाकुट हुँदा दाजुको मृत्यु
मकवानपुर । मकवानपुरमा दाजुभाइबीच कुटाकुट हुँदा दाजुको मृत्यु भएको छ। मकवानपुरको उत्तर–पश्चिममा कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तान र उनका भाइ ३० वर्षीय सीताराम मोक्तान बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झगडाको कारण खुलिसकेको छैन।...
काठमाडौँको तापक्रम घट्दो क्रममा
काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी कारण भएको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । “डिसेम्बरदेखि...
भूपेन्द्र हत्याका आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतबाहिर प्रदर्शन
धनगढी । कैलालीको लम्किचुहा नगरपालिकाद्द३ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई धरौटीमा रिहा गरेको भन्दै आफन्त र परिवारजनले जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् । पीडित पक्षले सोमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर...
स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने क्लिनिक र डाक्टरलाई ६ लाख जरिवाना
काठमाडौं । स्वास्थ्य परीक्षणको गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका एक पीडितले चिकित्सक र स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति पाउने भएका छन् । इजरायलबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको हो । सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिमा डा. बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल पुगेका...










