एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

अखबार हब
२०७८ मंसिर २८, मंगलवार १६:१८

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूसँग ४–५ दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउदै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*