समाचार
पुस ४ गते उधौली र धान्य पूर्णिमा मनाउनेलाई सार्वजनिक विदा
काठमाडौं । सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय...
ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइनेः मन्त्री भुसाल
लालितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ आँै स्थापना दिवस’ को अवसरमा उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै...
बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न...
बागमतीमा कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या २९ लाख नाघे
मकवानपुर। बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लगाउनेहरु ७० प्रतिशत पुगिसकेका छन् । यस प्रदेशमा १८ वर्ष भन्दा माथीका २९ लाख ७५ हजार ४४ जना नागरिकलाई पूर्ण खोप दिइएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । यस प्रदेशमा पूर्ण मात्रामा खोप लगाउनेको सख्या धेरै...
मकवानपुरको राक्सिराङमा अफिमखेती,प्रहरीद्वारा नष्ट
मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ्गमा अफिमको समेत खेती गर्ने गरेको पाइएको छ । गाँजापछी अहिले यस क्षेत्रका किसानलाई प्रयोग गरेर तस्करहरुले अफिम खेती गर्न उक्साएका हुन् । तर, मकवानपुर प्रहरीले अफिम खेती नष्ट गरेको छ । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी...
पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारीमा निगम,आजै नयाँ मूल्यसूची सार्वजानिक हुने
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो । भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची...
नेप्सका नवनियुक्त अध्यक्ष नेपालले लिए सपथ
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंसिर २७ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधरणसभाबाट शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए । जसमध्येबाट उनी सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए...
रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए राजीनामा
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए...
पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ
झापा । मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत...
९७ जना विद्यार्थीलाई जन्मदिनमा स्टेशनरी सहयोग
मकवानपुर । आफ्नो छोराको जन्मदिनको अवसरमा एक अभिभावकले थाहा नगरपालिका–६ स्थित उदय प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । आफ्ना जेठो छोरा प्रदीप विडारीको जन्मदिनमा समाजसेवी वुवा राजेन्द्र विडारी र आमा निर्मला विडारी ले विद्यालयमा अध्ययनरत् ९७ जना विद्यार्थीलाई व्याग, कापी तथा पेन हस्तान्तरण गरेका हुन् ।...










