समाचार

सुनजस्तो देखिने धातुसहित दुईजना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको बिस्कुट आकारको वस्तु, चेन, औँठी, ईएर रिङ, झुम्का र चुरा सहित उनीहरुलाई पक्राउ...

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज...

मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष दिलिस गोबिन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा शनिबार हेटौंडा–५ स्थित दक्षिणकाली मन्दिर परिसरमा वनभोज आयोजना भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका...

मनकामना केबलकार आइतबारदेखि चार दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द...

देशभर १८९ संक्रमित थपिए, २५० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा २५० जना निको भएका छन् । योसँगै...

गुल्मीमा भिरबाट लडेर श्रीमान्–श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । मुसिकोट नगरपालीका वडानम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते...

एमाले सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ती

काठमाडौँ । नेकपा एमालेको सल्लाहकार परिषद्को सदस्य बनाएकोमा निवर्तमान उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने भन्दै आपत्ती जनाएका छन् । उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार...

हेटौँडामा ट्याक्टरबाट खसेका एकको मृत्यु

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमाने फारलाइनमा गम्भीर अवस्थामा भेटिएका एक जना घाइतेको मृत्यु भएको छ। शुक्रबार राति हेटौंडा–८ कमाने फारलाइनमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४० बर्षिय शक्ती मोक्तानको मृत्यु भएको हो। घाइते अवस्थामा भेटिएका मोक्तानको प्रहरीले उद्धार गरी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा ज्यान गएको मकवानपुरका निमित्त...

योगदान राष्ट्रको लागि चितवन शाखाको तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु

चितवन । योगदान राष्ट्रको लागि चितवन शाखाको आयोजनामा तीन दिने निःशुल्क प्राथमिक उपचार तालिम सुरु भएको छ । शुक्रबारबाट भरतपुरमा सुरु भएको तालिममा चितवनका ११३ र बाहिरी जिल्लाबाट ५७ जना गरी १७० जनाको सहभागीता रहेको छ । ग्रामिण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचारको अभावमा...

तीन जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले तीन जनाको नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरेको जानकारी दिएका हुन् ।