समाचार

थप १८१ जनामा कोरोना संक्रमण, २८९ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

कांग्रेस सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ

बुटवल । नेपाली कांग्रेस रूपन्देही सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ परेका छन्। उनलाई पक्राउ गरेर अनुसन्धान थालेको रूपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए। उनीविरुद्ध जबरजस्ती करणीको उजुरी परेको बताइए पनि प्रहरीले पक्राउको कारण बताएको छैन। ‘उहाँविरूद्धको उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको छ, अरू कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकियो, सर्वदलीय बैठक शुरु

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज...

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९...

संरक्षित पंक्षी डाँफेसहित एकजना पक्राउ

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् । कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले...

१७ औषधि पसललाई निलम्बनको कारबाही (सूचीसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म...

कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो बाहिरियो

धनगढी । कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् । अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी...

धार्मिक ग्रन्थको अपमान गर्न खोजेको भन्दै मन्दिरभित्रै हत्या

काठमाडौं। भारतको अमृतसरस्थित सिख धर्मावलम्बीहरूको पवित्र स्थल स्वर्ण मन्दिरमा एक व्यक्तिको हत्या भएको छ । शनिबार स्वर्ण मन्दिरमा प्रवेश गरी सिख धर्मको पवित्र ग्रन्थको अपमान गर्न खोजेको आरोपमा एक व्यक्तिको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार धार्मिक पुस्तक गुरु ग्रन्थ साहिबको अपमान गर्न खोजेको भन्दै...

मकवानपुरको भीमफेदीमा अनावरण गर्न राखिएको सालिक चोरी

मकवानपुर । मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको छ । भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा)अनावरण गर्ने कार्यक्रम रहेको थियो । तर, राति नै साालिक चोरी भएको हो । सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । सालिक...

सिरहामा छुरा हानाहान हुँदा एक जनाको मृत्यु

काठमाडौं । सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ गोलबजारमा दुई पक्षबीच झडप हुँदो छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। शनिबार राति भएको घटनामा गम्भीर घाइते भएका सदालाई उपचारका लागि आरके...