हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माण

अखबार हब
२०७८ पुष ५, सोमबार १०:१५

मकवानपुर। हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माणको काम सुरु भएको छ । सि आशा फाउन्डेशनद्वारा संचालित आशा बिशेष पाठशाला तथा पुनस्थापना केन्द्रको भवन शिलान्यास गरिएको छ ।

अध्यापन गराउनका लागि विद्यालय भवन भएपनि आवास गृह नभएकाले यसको निर्माणका लागि काम सुरु गरिएको हो । यस विद्यालयमा मकवानपुरका अपाङ्गता भएका बालबालिाहरु अध्ययनरत रहेका छन् । उनीहरुका लागि आवास गृह निर्माण गर्न लागिएको हो ।

भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेका हुन् । शारिरीक तथा बौद्धिक विकलाङग भएका विद्यार्थी तथा बालबालिकाहरुको बास स्थानको लागि आवास गृह निर्माण सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर महतले अपाङ्गता भएकाहरुलाई बस्नको लागि यो भवन निर्माण उपयोगि बन्न सक्ने बताए । अपाङ्गता भएकाहरुलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र अबका दिनपनि सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*