नयाँ सारथी लघुवित्तको कामु सीईओमा सरोज घिमिरे नियुक्त

अखबार हब
२०७८ पुष ५, सोमबार १३:०६

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरोज घिमिरेलाई नियुक्त गरेको छ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुस १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*