समाचार
ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका किशोरको मृत्यु
जनकपुरधाम। सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका एक किशोरको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ख ७९९० नम्बरको ट्रकको ठक्करबाट सर्लाहीकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरका १७ वर्षीय दीपेन्द्र कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव लालबन्दीमा कोठा भाडामा लिइ स्थानीय...
भिक्षुको हत्या गर्ने बिक पक्राउ
काठमाडौं । कास्कीमा भिक्षुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका–६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार उक्त ट्रसमा...
नयाँ सारथी लघुवित्तको कामु सीईओमा सरोज घिमिरे नियुक्त
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरोज घिमिरेलाई नियुक्त गरेको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुस १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिएको कम्पनीले...
त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन्। हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट आएका बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी काठमाडौं हुँदै बंगलादेश जान लागेका बेला विमानास्थलमा खटिएको प्रहरीले ह्याण्ड...
हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माण
मकवानपुर। हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माणको काम सुरु भएको छ । सि आशा फाउन्डेशनद्वारा संचालित आशा बिशेष पाठशाला तथा पुनस्थापना केन्द्रको भवन शिलान्यास गरिएको छ । अध्यापन गराउनका लागि विद्यालय भवन भएपनि आवास गृह नभएकाले यसको निर्माणका लागि काम सुरु गरिएको हो । यस विद्यालयमा मकवानपुरका अपाङ्गता...
वनमा २५ वर्षीय अर्जुन दासको बीभत्स हत्या
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो। हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने...
मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’
काठमाडौँ । मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ । त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ...
चिसो बढ्यो : उच्चपहाडी क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो लाग्ने
काठमाडौं । हाल पहाडी भूभागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । आज देशका पहाडी भूभागमा आशिंक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सोमबार बिहान पहाडी...
शिव शिखर सहकारीको वार्षिकोत्सवमा रक्तदान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथमा रहेको शिव शिखर बहुउद्देशयीय सहकारी संस्था लिमीटेड सदस्य सेवा केन्द्र तथा गार्डेन मार्ट हेटौंडाको पहिलो वार्षिकोत्सवका अबसरमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ५० जनाले रक्तादान गरेका छन् । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो । संस्थाका हेटौडा...
स्वास्थ्यसेवामा अब्बल बन्दै मकवानपुरको राक्सिराङ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका स्वास्थ्य क्षेत्रका अब्बल बन्दै गएको छ । भौगोलिक हिसाबले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् । गाउँपालिकाले ९ वटा वडामा १० वटा स्वास्थ्यसंस्था स्थापना गरेर नागरिकमा उपचार सेवा पुर्याइरहेको छ । १० वटा स्वास्थ्य संस्थामध्ये ६ वटा...









