समाचार

समुन्नत महिला बहुउद्देश्यीय सहकारी निजगढद्वारा गार्मेन्ट उध्योग संचालन

बारा । समुन्नत महिला बहुउद्देश्यीय सहकारी निजगढले गार्मेन्ट उद्योग संचालनमा ल्याएको छ । सहकारीले संचालनमा ल्याएको गार्मेन्ट उद्योगको सोमबार निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले गार्मेन्ट उद्योग मार्फत नगरभित्र रोजगारीको अवसर सृजना गराउने उद्देश्यले नगरपालिकाले समेत उद्योग संचालनकै लागी सहकारीलाई...

बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

सुर्खेत । जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ। सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो। ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक...

टेको लगाइएको पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ। लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो। पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय...

मकवानपुरको भीमफेदीमा अनावरण नहुँदै चोरिएको सालिक फेला

मकवानपुर । अनावरण गर्न नपाउँदै चोरी भएको मकवानपुरको प्रथम लोकसर्जक गणेशलाल श्रेष्ठको अर्धकदको सालिक सोमबार अपरान्ह भीमफेदीमै भेटिएको छ । भीमफेदी गाउँपालिका—६ स्थित चिसापानी पुलमुनि सालिक फेला परेको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठले बताए । आइतबार बिहानदेखि नै सालिक खोज्न झाडी, जंगललगायतको क्षेत्रमा प्रहरी परिचालन गरिएको...

नक्कली नेपाली नोटसहित २ जना भारतीय पक्राउ

सर्लाही । सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख १५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो ‘आषिश’ र ४८ वर्षीय प्रमोद कुमार रहेका...

त्रिविका झण्डै ३० हजार विद्यार्थी दीक्षित

काठमाडौं । मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यावारिधी र एमफिलमा उत्तीर्ण तथा स्नातकोत्तर र स्नातक तहका उत्कृष्ट विद्यार्थी दीक्षित भएका हुन् । त्रिविका उपकुलपति प्रा।डा धर्मकान्त बाँस्कोटाले ५९ औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७...

रिजालको राजीनामा स्वीकृत, रक्षामन्त्रीको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालको राजीनामा स्वीकृत भएको छ। रिजालको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छिन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाईं तोकेको विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा २२० कोरोना संक्रमित थपिए, १ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४...

बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले अनलाइनखबरलाई बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनको...

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार

रौतहट । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी...