समाचार
अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द
सिमकोट। विद्युत्को अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका(४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि...
राति बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स
प्यूठान । झिमरुक गाउँपालिका–६ मर्कावाङ लेखका दानबहादुर पुनमगर मंसिर २७ गते जिल्ला अस्पताल प्यूठान आए । टाउकोमा गम्भीर चोट लागेर उपचार गर्न आएका उनलाई अस्पतालले तत्काल बुटवल जान रिफर गर्यो । चिकित्सकको सल्लाहअनुसार उनलाई लैजान खोज्दा जिल्लामा सञ्चालित कुनै पनि एम्बुलेन्स बुटवल जान तयार भएनन् । प्यूठानमा अहिले १२ वटा एम्बुलेन्स सञ्चालनमा...
ट्रक दुर्घटनामा एकको मृत्यु
काठमाडौं । मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रक आज बिहान ८ः३० बजे दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल सार्कीको मृत्यु भएको प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । कार्की गाडीधनी हुन् ।...
प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन भोली, तयारी पुरा
मकवानपुर । प्रेस चौतारी मकवानपुर शाखाको आठौ जिल्ला अधिवेशन भोलि पुस ९ गते शुक्रबार हुने भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी दरबार परिसरमा हुने आठौ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल दाहालले जानकारी दिए । यसैगरि,आज बसेको जिल्ला कमिटीको बैठकले चौतारी मकवानपुरका सल्लाहाकार पत्रकार...
रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित
काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् । गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ...
एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने
धनुषा । नेकपा एमालेले प्रदेश २ को नाम ‘जनक प्रस्ताव गर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी गरेकी एमाले सांसद शारदा थापा अनुपस्थित भएपछि प्रदेश सभाका कार्यसूचीबाट नेकपा एमालेको प्रदेशको नाम प्रस्ताव हटाइएको थियो । बिहीबार प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्न नसेपनि...
ख्रिष्टमस पर्वको अवसरमा मकवानपुरको राक्सिराङमा भोलि सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस ९ अर्थात भोली (शुक्रबार० सार्वजनिक विदा हुने भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार ख्रिष्टमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । जारी सूचनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त पर्व...
एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला
वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् । जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए...
हेटौंडामा राष्ट्रिय चित्रकला कार्यशाला सुरु
मकवानपुर । हेटौंडा–१८ स्थित ज्योति माध्यामिक विद्यालयमा राष्ट्रिय चित्रकला कार्यशाला बुधबार उद्घाटन गरिएको छ । विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा कार्यशालाको उद्घाटन गरिएको हो । ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता तथा वडा नम्बर १८ का वडा अध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो...
अर्जुन हत्या प्रकरणः आठ बुँदे माग राखेर गाउँपालिका बन्द
धनगढी । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको ६ दिनसम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार गाउँपालिका बन्द गराएका छन् । हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले...










