समाचार
चिसो बढे सँगै हेटौंडाका विद्यालय बन्द
मकवानपुर। चिसो बढे सँगै मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय आज एक दिनकोलागि बन्द गर्ने निर्णय गरेको छ । गएराति देखिको वर्षाले चिसो ह्वात्तै बढेको भन्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी...
मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा हिमपात,त्रिभुवन राजपथ अवरुद्ध
मकवानपुर। मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाका अनुसार बिहानैबाट सुरु भएको बाक्लो हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।...
प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्दै
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित...
‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।...
सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान
बुटवल । सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् । उखु क्रसिङ सिजनको एक महिना बित्दासमेत सरकारले मूल्य निर्धारण नगरिदिएपछि चिनी मिल सञ्चालकहरूले तोकेकै मूल्यमा किसानहरुले उखु बेच्न बाध्य भएका हुन् । सरकारले मूल्य निर्धारण नगर्ने हो भने किसानले ठूलो घाटा व्यहोर्न बाध्य...
पहिलो आरोहण असफल भएपछि साइपाल हिमालमा कोही आएनन्
बझाङ । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० वर्षसम्म पनि ७,०३१ मिटर अग्लो साइपाल हिमालको अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि २०७५ सालमा आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए । पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको...
पर्साबाट लागु औषधसहित एक जना पक्राउ
पर्सा। प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र...
गोलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी
सिरहा । सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ । गोलबजार ना।पा–६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएको हो । चोरले किराना...
दूधकोशी जलविद्युत आयोजनामा दुई मजदुरको मृत्यु
सोल । सोलुखुम्बुको सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनमा रहेको ८६ मेगावाटको दूधकोशी जलविद्युत आयोजनामा शनिबार दिउसो फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको हो। पाइप पड्किँदा जलविद्युत आयोजनामा...
चेपाङ विद्यार्थीलाई लायन्स क्लव अफ हेटौंडा सिटिको न्यानो कपडा
मकवानपुर । लायन्स क्लव अफ हेटौंडा सिटिले मकवानपुरका चेपाङ विद्यार्थीलाई न्योनो कपडा वितरण गरेको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका १ र ४ नम्बर वडामा रहेका करिब १ सय ५० जना बिपन्न समुदायका चेपाङ विद्यार्थी र वृद्धवृद्धाहरुलाई न्यानो कपडा सहयोग गरेको हो । आर्थिक रुपमा विपन्न रहेका चेपाङ समुदायका...










