चितवनको रोयल पेन्ट्सको चर्चा हेटौँडामा
मकवानपुर। नेपाली बजारमा सन् २०१० देखी विक्रि वितरण थालिएको रोयल पेन्ट्सको बागमती प्रदेश राजधानी हेटौँडामा चर्चा भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी पेन्ट्सले आफ्नो बारमा जानकारी गराएको हो ।
६ सय भन्दा बढि डिलर नेटवर्क मार्फत देशभरका बजारमा सोयल पेन्ट्स विक्रि वितरण भईरहेको रोयल पेन्ट्सका आर एण्डी हेड डिजे शाहले जानकारी दिए ।
घर,भवन वा अन्य विभिन्न संरचना रंगाउनका लागी रोयल पेन्ट्सको माग बढ्दो छ उनेले भने “रोयल पेन्ट्स लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको छ ।”
स्वदेशमा नै रङ उत्पादन आत्मनिर्भर बनाउने उद्येश्य सहित चितवनमा सन् २०१० देखी रोयल पेन्ट्सले सेवा दिदै आएको छ । रोयल घाम,पानी बाट केही नुहाुने १०,७ र ५ बर्षे ग्यारेन्टीको पेन्ट्स विक्रि गर्दै आईरहेको छ ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल) ,उपाध्यक्ष अनिल अग्रवाल ,रोयल पेन्ट्स प्रा।लीका डाईरेक्टरर प्रकाश केसि,आरएण्डी हेड डिजे शाह,मकवापनुर निर्माण व्यवसायी संघका कोषाध्यक्ष रोशन सापकोटा लगाएतले आफ्नो धारणा राखेका थिए ।







