समाचार

मकवानपुरमा रुखको एक्सरे

मकवानपुर । मकवानपुरका विभिन्न सामुदायिक वनहरुमा सालका रुखहरुको धमाधम एक्सरे भइरहेको छ । केही समयअघि मात्रै नेपाल भित्रिएको एकमात्र टोमोग्राफ मेसिनबाट अहिले जिल्लाका विभिन्न वनमा रहेका पुराना सालका रुखहरुको एक्सरे भइरहेको हो । डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार रुखभित्रको धोदको मात्र पत्ता लगाउन जर्मनबाट...

बदनाम बन्दै वागमती सरकार

मकवानपुर । वागमती प्रदेश सरकार गठन भएको करिब चार वर्षको अवधिमा मन्त्रिपरिषद् फेरबदल र पुनर्गठन अस्थिर रूपमा अगाडि बढिरहेको छ । हालसम्म प्रदेशमा तीन वटा सरकार परिवर्तन भइसकेका छन् । नेकपा विभाजन भएर एमाले र माओवादीको अस्तित्वमा फर्केसँगै आफ्नो पद जोगाउन तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सुरु गरेको बेथिति अहिले झनै झाँगिएको...

बजार क्षेत्रका सडकको खाल्डा पुर्दै हेटौंडा उपमहानगर

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने कामलाई तिब्रता दिइएको छ । पीच सडकमा खाल्डाखुल्डीका कारण वषौंदेखि समस्या परेका कारण पुरिएको मेयर हरि बहादुर महतले बताए । सडकमा खाल्डाखुल्डीका कारण दुर्घटनाको समस्या हुने र छारो, धुलो उढ्ने जस्ता समस्या भएपछी यसलाई पुरिएको हो । अहिले सम्म यो...

आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै, सबैलाई सार्वजनिक बिदा

काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका...

स्वास्थ्य मन्त्री खतिवडाको प्रेस सल्लाहकारमा बिडारी

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता...

छात्रवृत्ति पाएपछि मोडिएको राक्सिराङका चेपाङ बालबालिकाको बाटो

मकवानपुर । सविना चेपाङ मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुनस्थित प्रजा जागृति आधारभूत विद्यालयमा ८ कक्षामा पढ्छिन् । ४ वर्षयता उनले छात्रवृत्तिमा पढ्दै आइरहेकी छन् । अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेस्ट) मार्फत शैक्षिक सामग्री, पोसाकलगायत सहयोग पाउँदै आएकी छन् । जसले विपन्न परिवारमा जन्मिएकी सविनाको पढ्ने इच्छा पूरा...

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा अधिकारी

मकवानपुर । प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको आज मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल चयन हुँदा सचिवमा रुपक कालिराज चयन भएका छन् । सह–सचिवमा दिपकसिंह...

मकवानपुर प्रहरीद्वारा ३० किलो ५०० ग्राम गाँजासहित २ जना पक्राउ

मकवानपुर । हेटौंडाबाट ३० किलो ५०० ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका वडा नम्वर–२ निवासी ३४ बर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका वडा नम्वर–३ निवासी बर्ष ३९ को मुकेश राउत थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र...

भूपेन्द्र र अर्जुनको हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका–९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । गत शनिबार बिहान जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा...

पुस अन्तिममा भारत जाने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा...