चेपाङ विद्यार्थीलाई लायन्स क्लव अफ हेटौंडा सिटिको न्यानो कपडा

अखबार हब
२०७८ पुष ११, आईतवार २१:४०

मकवानपुर । लायन्स क्लव अफ हेटौंडा सिटिले मकवानपुरका चेपाङ विद्यार्थीलाई न्योनो कपडा वितरण गरेको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका १ र ४ नम्बर वडामा रहेका करिब १ सय ५० जना बिपन्न समुदायका चेपाङ विद्यार्थी र वृद्धवृद्धाहरुलाई न्यानो कपडा सहयोग गरेको हो ।

आर्थिक रुपमा विपन्न रहेका चेपाङ समुदायका विद्यार्थीलाई करिब १ लाख ५० हजार रुपैँया बराबरको न्यानो कपडा वितरण गरिएको क्लवका तृतीय उपाध्यक्ष सीतादेवी भेटवालले बताए ।

क्लवका अध्यक्ष नेत्रप्रसाद खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्ट, अतिथिहरुमा विरेन्द्र डिसी,भूमीनन्द अर्याल, राजेन्द्र चौँलागाई गोपाल बाहादुर स्याङ्तान, तेज प्रसाद अधिकारी,सुनिल हाडा, माधव ज्ञावली अगाएतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*