महिला बिकास केन्द्र निजगढको अध्यक्षमा लामा
बारा । महिला बिकास केन्द्र निजगढको अध्यक्षमा चन्दा लामा चयन हुनुभएको छ । मंगलबार सम्पन्न केन्द्रको २२ औँ साधारणसभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
गठित कार्यसमितिको उपाध्यक्षमा उर्मिला ढुंगाना,सचिवमा मनमाया तामाङनि र कोषाध्यक्षमा बबिता सापकोटा चयन हुनुभएको महिला बिकास केन्द्रकी निवर्तमान अध्यक्ष कल्पना खरेलले बताउनुभयो । निजगढ नगरपालिका क्षेत्रमा महिलाहरुको अधिकार र संरक्षणकोलागी केन्द्रलाई आगामी दिनहरुमा थप सशक्त बनाउने आफ्नो लक्ष रहेको केन्द्रकी नवअध्यक्ष चन्दा लामाले बताउनुभयो । केन्द्रकी निवर्तमान
अध्यक्ष कल्पना खरेलको सभापतित्वमा सम्पन्न साधारणसभको उद्घाटन प्रमुख अतिथि निजगढ वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर लामाले गर्नु भएको थियो । कार्यक्रममा महिला बिकास केन्द्र निजगढकि संस्थापक अध्यक्ष माला लामा,पुर्व अध्यक्षहरु बिष्णु नेपाल,गङ्गा शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।







