समाचार
राष्ट्रिय सभा चुनावमा विद्युतीय भोटिङ कति सम्भव ?
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँग पुस ९ मा निर्वाचन आयोगले छलफल गर्दा आगामी निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने प्रस्ताव अघि सार्यो । राजनीतिक दलसँगको छलफलबाट सहमति कायम गरी सबै क्षेत्रमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न नसकिए पनि निश्चित क्षेत्रमा प्रयोग गर्ने प्रधानमन्त्रीले बताएको भन्दै आयोगले विज्ञप्ति नै...
मकवानपुर प्रहरीद्वारा राप्ती खोलाबाट ६ वटा ट्याक्टर नियन्त्रणमा
मकवानपुर। अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरि ओसारपसार गर्ने ६ वटा ट्याक्टर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा स्थित राप्ती खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ ग्राभेल उत्खनन गरि लोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । बिहीबार दिनको १२ बजेको...
मउवा संघका अध्यक्ष गुप्ताको नागरिकता शंकाको घेरामा, प्रशासनले थाल्यो छानबिन
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष कृष्णकुमार गुप्ताको नागरिकता शंकाको घेरामा परेको छ । दुई वटा थर प्रयोग गरेर व्यवसाय सञ्चालन र विभिन्न सङ्घसंस्थामा क्रियाशील रहेका गुप्ताको नागरिकता नक्कली रहेको र उनी नेपाली नागरिक नभएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेपछि शंकाको घेरामा परेको हो ।...
हिउँले अवरुद्ध त्रिभुवन राजपथ सुचारु
मकवानपुर। हिउँको कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारु भएको छ । मकवानपुरको सबैभन्दा उच्च भूभाग दामन सिमभञ्ज्याङ मा बुधबार परेको हिउँका कारण अवरुद्ध त्रिभुवन राजपथ आज बिहीबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए । त्रिभुवन राजपथ अन्तर्गत दामनदेखि बसीफाँटसम्मको करिब ५ किलोमिटर...
बिहीबार २४१ जना कोरोना संक्रमित थपिए,मृतक संख्या शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ८ हजार ८९७ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ८४१ जनाको नमुना परीक्षणमा २३५ जना र एन्टीजेन विधिबाट २ हजार ८३...
अझै खुलेन त्रिभूवन राजपथ
मकवानपुर । मकवानपुरको सबैभन्दा उच्च भूभाग दामन सिमभञ्ज्याङमा बुधबार परेको हिउँका कारण अवरुद्ध त्रिभूवन राजपथ अझै खुलेको छैन । दामनदेखि बसीफाँटको मोडसम्म सडकमा हिउँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो । ‘सडकमा बाक्लो हिउँ जमेकाले पन्छाउन समय लागिरहेको छ,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने ,‘सडक विभाग उपकरण नपठाएकाले राजमार्ग...
जेसीआई हेटौंडामा १० वर्षपछि सर्वसम्मत नेतृत्व
मकवानपुर । जेसीआई हेटौंडामा १० वर्षपछि सर्वसम्मत नेतृत्व चयन भएको छ । वर्ष २०२२ को अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पवन कुमार कंशाकारको उम्मेदवारी परेको थियो । अध्यक्षका आकांक्षी श्रवण कुमार बर्तौलाले सहमतिका लागि आफूभन्दा अग्रज पवन कुमारलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यो सँगै निर्वाचन आयुक्त...
हेटौंडा नगरसभा बैठक : चालु आवमा ६० करोड ५४ लाख खर्च
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको दशौँ नगरसभा बैठक आज हेटौंडामा भएको छ । जनप्रतिनिधि आएपछिको यो नगरसभा अन्तिम सभा हो । नगरसभा बैठकमा बोल्दै मेयर हरि बहादुर महतले साढे चार वर्षको अवधिमा यस क्षेत्रमा धेरै खालका महत्वपूर्ण काम गरिएको बताए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका क्षेत्रमा धेरै...
राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । आज (बिहीबार) हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । बागमती प्रदेशको निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरको मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त भएका हो । राष्ट्रिय सभामा...
चर्चित र्यापर ‘लाहुरे’ पोखराबाट पक्राउ
काठमाडौँ । चर्चित र्यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ‘लाहुरे‘ लाई पक्राउ गरेको हो । लाहुरेसहित चार जना जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए। लाहुरेको साथबाट लागुऔषध फेला...









