बस्तिपुर जेसीजको नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति (विज्ञप्तिसहित)

अखबार हब
२०७८ पुष १७, शनिबार २०:४४

मकवानपुर। बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयन प्रक्रियाप्रति संस्थाका पूर्व अध्यक्षहरूले असहमति जनाएका छन् । सात जना पूर्व अध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश)लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् ।

अध्यक्षका उम्मेदवार गणेश अधिकारीको भाई मोटरसाइकल दुर्घटनामा परी अस्पतालमा उपचाररत् रहेको कारणले उपस्थित हुन नसक्ने भन्दै निर्वाचन प्रत्रिया सार्न अनुरोध गर्दासमेत एकलौटी ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै पूर्व अध्यक्षहरुले विरोध जनाएका हो ।

पूर्व अध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला, बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बतौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनिल अधिकारीले पत्रकार सम्मेलन गरेर नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाउँदै बिरोध गरेका छन् ।

यस्तो छ पूर्व अध्यक्षहरूको विज्ञप्ति

Screenshot_20220101-20202-1641047773.jpg

यसमा तपाइको मत

Your email address will not be published.


*