समाचार

वैकल्पिक बाटो हुँदाहुँदै वस्तीको बिचबाट हाइटेन्सन  लाइन लैजान खोजियो : हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समिति

मकवानपुर। चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाको केही वडाका स्थानीय समस्यामा परेका छन् । स्थानीयलाई जानकारी बिनै विद्युत प्राधिकरण र स्थानीय तहले विद्युतको हाइटेन्सन लाइन बस्तीबाट लैजान खाल्डो खन्न सुरु गरेपछि राप्तीको ६ र १० नम्बर वडा र खैरहनीको ६ ,७,९ र १० नम्बर वडाका करिब ४ हजार घरधुरी...

 राष्ट्रियसभाको १९ सिटमा गठबन्धनमा सहमति, कसलाई कति ? (सूचीसहित)

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो । बैठकमा कांग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले...

मिलन पाण्डे पक्षको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज

काठमाडौं। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको उजुरी आयोगको पुस १२ गते बसेको बैठकले कुनै सुनुवाइ नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।...

थपिए ३२६ संक्रमित, निको भए २५५

काठमाडौं । नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३२६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको...

मेडिकल कलेजको शुल्क विवाद : आयोग पत्राचारमै सीमित, विद्यार्थी तालाबन्दीमा

काठमाडौँ । चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत...

महोत्तरीबाट पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले पेस्तोल र लागूऔषधसहित महोत्तरीबाट एकजनालाई पक्राउ गरेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडीलाई लोहरपट्टी–९ पिपराडी ईलाकाबाट आइतबार साँझ उनलाई पक्राउ गरिएको हो । उनको साथबाट अमेरिकन पेस्तोल र नाईट्रोभेट १० पिससमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी...

‘कर छलीको रकम राजस्वमा दाखिला गरे मुद्दा नचलाउने’

काठमाडौं । उच्च सरकारी वकिलको कार्यालय, पाटनले बोटलर्स नेपाल लिमिटेडले बिगो बराबरको राजस्व सरकारी खातामा जम्मा गरे राजस्व चुहावटको आरोपमा मुद्दा नचल्ने निर्णय गर्ने तयारी गरेको छ । बोटलर्स नेपाल लिमिटेडविरुद्धको कर छलीको प्रतिवेदन विचाराधीन भएका बेला विवादित रकम बराबर कर भुक्तान गरेमा मुद्दा नचल्ने निर्णयको तयारी हुन थालेको...

नोबेलले कक्षा प्रवेशमा रोक लगाएको विरोधमा प्रदर्शन

विराटनगर । नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क नदिनेलाई कक्षाकोठामा प्रवेश नदिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अतिरिक्त शुल्क माग गर्दै आइतबार पनि प्रवेश नदिएपछि विद्यार्थीले प्रदर्शन गरेका हुन् । अतिरिक्त शुल्क नदिने विद्यार्थीलाई बुधबार कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले त्यसयता त्यस्ता विद्यार्थीलाई गेटमै रोकेको छ...

रेडक्रसको तदर्थ समिति भंग, सरकारले बनायो अर्को समिति

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नेत्रप्रसाद तिम्सिना नेतृत्वको तदर्थ समिति भंग गरेर अर्को समिति गठन गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले सुदर्शनप्रसाद नेपाल सभापति रहने गरी २९ सदस्यीय अर्को तदर्थ समिति गठन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अदालतको फैसला अनुसार...

मल किन्दा एक अर्ब भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा

काठमाडौं । मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले...