समाचार
विद्युत् नियमन आयोगका पदाधिकारीमाथि छानविन शुरु, सबै स्वतः निलम्बनमा
काठमाडौं । विद्युत् नियमन आयोगका तीनजना पदाधिकारीमाथि पदीय दायित्व पूरा नगरेको आरोपमा सरकारले छानविन समिति बनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भटुवालका अनुसार आयोगका अध्यक्षसहितका पदाधिकारीमाथि छानविन गर्न मन्त्रिपरिषदले समिति बनाएको हो । अध्यक्ष डिबी सिंह, सदस्य रामेशश्वर प्रसाद कलवार र भागिरथी ज्ञावालीमाथि छानविन शुरु...
एकैदिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको...
अवैध रुपमा गोरू ओसारपसार गरेको आरोपमा पाँचजना पक्राउ
कपिलवस्तु । अवैध रूपमा गोरु ओसारपसार गरेको आरोप पाँचजनालाई प्रहरीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ । बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको दुईवटा ट्रक जाँच गर्ने क्रममा क्षमताभन्दा बढी गोरू राखेर ओसारपसार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना६ख २०८१ नम्बरको ट्रकमा २४ वटा र...
पोखरा लैजान्छु भनी भारतको कोठीमा पुर्याइ बेचबिखन गरेको आरोपमा महिला पक्राउ
काठमाडौं । पोखरा लैजाने भनी बेहोस बनाई एक महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेकी छन् । पोखराको होटेलमा नाच्ने र घरायसी काममा लगाइदिने र राम्रो कमाइ हुने भन्दै भारतको कोठीमा पुर्याएको आरोपमा नुवाकोटकी २६ वर्षीया अनिसा तामाङ भनिने फूलमाया तामाङ पक्राउ परेकी हुन् । ०७४...
सोलिड्यारिटीले मनायो २९ औँ स्थापना दिवस
मकवानपुर । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ । आज हेटौंडा–१० स्थित विद्यालयको प्राङगानमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर—१० का अध्यक्ष इन्द्र नेपालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका...
वागमती सरकारलाई बानको ध्यानाकर्षण पत्र
मकवानपुर। ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) ले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बानका केन्दीय उपाध्यक्ष उज्वल चौलागाईं सहितको टोलीले एफ एम रेडियोहरुले भोगेका नवीकरण तथा रोयल्टि समस्या समाधाननको माग राखी वागमती सरकारको सञ्चार मन्त्रालयसमेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो...
मुख्यमन्त्री पाण्डेलाई पत्रकार महासंघ प्रदेश समितिलको दशबुँदे माग पत्र
मकवानपुर । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिले यसै प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई दशबँुदे माग पत्र बुझाएको छ । महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पाण्डेलाई प्रदेशका १३ जिल्लामा सूचना केन्द्र स्थापना, हेटौंडामा महासंघको प्रदेश कार्यालय स्थापना, सवै पत्रकारहरुलाई वीमाको दायरामा समेट्न र सञ्चारमाध्यमको दीगोपनाका लागि आवश्यक नीति तर्जुमा गर्न...
नेपाली काङ्ग्रेसका युवा नेता सापकोटाले गरे क्यान्सर पीडितलाई नगद सहयोग
मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सदस्य योग्यराज सापकोटाले आज हेटौंडा ८ कमानेका क्यान्सर पीडित किरण राईको उपचारका लागि नगद रकम सहयोग गरेका हुन् । हेटौंडाको सितलमहल चोकमा रहेको ‘सहारा मल्टिपर्पस को–अपरेटिभ सोसाइटी लि.’मा कार्यरत आफ्नो धर्मपत्नी अस्मिता ढुंगानाको १ महिनाको तलब बराबरको रकम सापकोटा...
युनिलिभरका म्याद नाघेको ७१ टन चियापति नष्ट
मकवानपुर । बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल लिमिटेड हेटौंडा–३, बसामाडीमा भेटिएको म्याद गुज्रिएको करिब ७१ टन चियापति नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमनको क्रममा युनिलिभरमा भेटिएको म्याद गुज्रिएको चियापति नष्ट गर्न दिएको आदेश अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सोमबार नष्ट गरेको हो । हेटौंडा–१०,...
एमालेले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १९ जना उम्मेदवारको नाम टुंगो लगाएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी भिनवार...










