समाचार

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

काठमाडौं । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा...

नारायणहिटीको विवादित रेस्टुरेन्टबारे छानबीन गर्न समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो । सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३...

मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ

वीरगञ्ज। पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१४ का २३ वर्षीय आशिष यादव, वीरगञ्ज–१५ बस्ने २० वर्षीय अवधेश महतो, २१ वर्षीय सुवाष महतो र बारा कोल्हबी नगरपालिका–९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् । यादवलाई वीरगञ्ज महानगरपालिका–८ पानीट्याङ्कीस्थित सडक...

मकवानपुर क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन सहयोग गरिएको छ । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्याम्पस कमिटीले आज क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन हस्तान्तरण गरेको हो । सेनिटाइजर मेसिनसँगै एन–९५ मास्क एक कार्टुन, लगभग २० लिटर सेनिटाइजर क्याम्पसलाई हस्तान्तरण गरिएको...

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ फेरि पनि स्थगित

काठमाडौं । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

कांग्रेस नेता प्रदीप पौडेललाई निमोनिया संक्रमण

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाबाट संक्रमित भएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनिया पुष्टि भएको हो। निमोनिया संक्रमित पौडेल चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन्। पौडेललाई महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो। स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनिया देखिएको हो। कांग्रेसको १४ औं...

केएमसी पुगे शिक्षामन्त्री, शुल्कबारे भोलिसम्म रिपोर्ट पेस गर्न निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मेडिकल कलेजको अनुगमन गर्दै एमबीबीएस पढ्ने विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् । अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्,...

बकैयामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । बुधबार दिउँसो ३ः३० बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ स्थित सिमातमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक राजकुमार सापकोटाले बताए । बुधबार ठिंगनबाट हेटौंडातर्फ आईरहेको ना...

मिति सारिए पनि मेरो चुनावी अभियान कायमनै छः पराजुली

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले जिल्ला अधिवेशनको मिति सारिएपनि आफ्नो चुनावी अभियानलाई कायम राखिएको बताएका छन् । यहि पुस २७ गतेका लागि तोकिएको अधिवशेन मिति आज बुधबार केन्द्रीय निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेसम्म सारेको सन्दर्भमा पराजुलीले अधिवेशन मिति...

मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने

पोखरा । बढी शुल्क असुलेको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेकै दिन बुधबार पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ । कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । बुधबार आन्दोलनरत...