समाचार

एकैदिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन्...

युनिलिभर हेटौँडाको ज्यादतीः तौलपुल उखेल्न प्रयोग गरिएको मेसिनले भत्कीयो स्थानीयको घर

मकवानपुर । बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल लिमिटेड हेटौंडा–३, बसामाडीले स्थानीयमाथी ज्यादती गरेको छ । उद्योग सञ्चालनको नाउँमा कम्पनीले स्थानीयहरुलाई असर पार्ने खालको क्रियाकलाप जारी राखेपछि स्थानीयवासी आक्रोसित बनेका छन् । युनिलिभरले आफ्नो कम्पाउण्डभित्र रहेको तौल पुल भत्काउन प्रयोग गरिएको मेसिनको कारण उद्योगसंगै केहि दिन अघि मात्र निर्माण भएको स्थानीय...

कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४...

स्वरोजगार बनाउन मकवानपुरगढीका युवातीहरुलाई ब्यूटिसियन तालिम

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई तीन महिने ब्यूटिसियन तालिम दिइएको छ । विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई स्वरोजगार बनाउन तालिम प्रदान गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बिहीवार गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिइएको तालिम उद्घाटन गरेकी छन् । गाउँपालिकाको लघु उद्यम विकास...

नेपाल प्रहरीका २६ एसएसपीको एकैपटक सरुवा,को कहाँ (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् । जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए । चन्द्रकुवेर खापुङ...

काठमाडौंमा कोठाभित्र मृत भेटिए युवा–युवती

काठमाडौं । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा–युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया...

प्रहरीबाटै झारलको सिकार,गाउँलेले भेटेपछि घटना सामसुम पार्ने प्रयास

हुम्ला । मंगलबार दिउँसो २ बजेतिर नाम्खा गाउँपालिका–४ याल्वाङ गाउँभन्दा पारि पुया लेकआसपास बन्दुक पड्केपछि जंगली जनावरको चोरीसिकारी भएको हुन सक्ने भन्दै याल्वाङ र याङ्गारबाट ३० जना स्थानीय तत्काल घटनास्थलतर्फ लागे । १५ जना बन्दुक पड्केको स्थानतर्फ गए । बाँकी गाउँनजिक पुलमा बसे । केहीबेरपछि प्रहरी हवल्दार र दुईजना सिपाहीलाई स्थानीयले पुलनजिकै...

सीके राउतका कार्यकर्ताले हलो बोकेर गरे प्रदर्शन

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन आज १३औँ दिन पनि जारी छ । बिहीबार जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कृषि सामग्री बोकर प्रदेश २ को जिल्लाहरूमा प्रर्दशन गरेका छन् । किसानको मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै प्रर्दशन गरिएको राउतको सचिवालयले जनाएको छ । उनीहरू हलो, कोदालो...

४५ किलो लागूऔषध गाँजासहित मनहरीबाट २ जना पक्राउ

मकवानपुर। पश्चिमी मकवानपुरको मनहरीबाट ४५ केजी लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी–९ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डबाट ४५ केजी गाँजासहित दुइजनालाई पक्राउ गरिएको हो । शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आईरहेको अवस्थामा मकवानपुर राक्सिराङ...

फोनिज बागमती प्रदेश अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बिहीबार हेटौंडामा भएको अधिवेशनबाट रामेछापका श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा राजेश रुम्बा (चितवन), महिलातर्फ डोल्मा शेर्पा (काठमाडौं) , महासचिवमा श्याम राना (काठमाडौं), संगठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत...