समाचार

दाङमा बस दुर्घटना : ९ महिने शिशुको मुत्यु

दाङ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको...

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने...

नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरे तोडफोड

विराटनगर। नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय...

विद्यार्थीलाई कुटपिट गरिएको भन्दै अनेरास्ववियू मकवानपुरको विरोध

मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विद्यार्थीमाथि निर्घात कुटपिट भएको घटनाको विरोध जनाएको छ । आइतबार पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ स्थित बुद्ध मा.वि.मा अध्ययनरत् विद्यार्थी सागर थिङमाथि सोही विद्यालयमा अध्यापन गराइरहेका योगबहादुर राईबाट निर्घात कुटपिट गरी घाइते बनाएको घटनाको विषयलाई लिएर अनेरास्ववियू मकवानपुरले एक...

ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको छ। उनीहरुको मोटरसाइलको साइलेन्सरसमेत...

कलंकीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । कलंकीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु काठमाडौंको कलंकीमा टिप्परले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ घर भई भैँसेपाटी बस्ने वसन्त विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार राति थानकोटबाट कलंकी आउँदै गरेको बा ४ ख ६८४३...

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहिते)

काठमाडौं । नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी)को आइतवार सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी)को निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पुस महिनादेखिको तलब(भत्तासमेत सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी सरुवा गरिएको छ । हेर्नुहोस् सूची

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन्। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्की सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण...

म्यान मकवानपुरको १० औं वार्षिक साधारण सभा

मकवानपुर । मोबाइल एशोसिएसन अफ नेपाल (म्यान)मकवानपुरले आफ्नो १० औं वार्षिक साधारण सभा शनिबार हेटौंडामा गरेको छ । नेपाल मोवाइल एशोसिएसन महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख अतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा सभा भएको थियो । मोवाइल व्यवसायीहरुको हकहितमा आफ्नो काम गर्दै आइरहेको म्यान मकवानपुरले आव...

पर्सामा २ दिनमा २ बालबालिकाको शव फेला, चार जना पक्राउ

पर्सा । पर्सामा शुक्रबार र शनिबार छुट्टाछुट्टै दुई स्थानमा एक बालक र एक बालिकाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका–१६ स्थित निर्माणाधीन घरछेउमा १० वर्षीय बालिकाको शव फेला परेको हो। वीरगञ्ज महानगरपालिका–१५ भिस्वामा डेरा गरी बस्दै आएका सरोज कुशवाहाकी छोरी रिजवाना खातुनको शव फेला परेको प्रहरीले जनाएको छ। बालिकाकी...