समाचार
पत्नीको हत्यापछि आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवकलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्ला स्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । सिकन्दरलाई पुस २७...
फास्ट ट्र्याकमा रुख काट्नका लागि कानुनी अड्चन हटाइदिन सेनाको माग
काठमाडौँ । निजगढ फास्ट ट्र्याक सम्पन्न गर्नका लागि कानुनी अड्चन रहेको भन्दै आयोजनाको जिम्मा पाएको नेपाली सेनाले कानुनी अड्चन हटाइदिन आग्रह गरेको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले कानुनी अड्चन आएको बताउँदै त्यसलाई हटाइदिन आग्रह गरेका हुन् ।...
जबराको राजीनामा माग गर्दै बारको आन्दोलन जारी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले आज पनि बिरोध प्रदर्शन गरेका छन् । बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा...
मिलमा सल बेरिएर महिलाको मृत्यु
अछाम । चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको...
‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’
काभ्रे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको बताए । उनले भने, ‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको...
११ वर्षमा पुल नबनेपछि मुख्यमन्त्री पाण्डे स्थलगत निरीक्षणमा
मकवानपुर । शिलान्यास भएको ११ वर्षमा पनि पुल निर्माण पूरा नभएपछि वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे स्थलगत निरीक्षण गरेका छन् । मदन भण्डारी (धरान–चतरा सडक) राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने वाग्मती नदीमा पुल निर्माण सुरु भएको ११ वर्षमा पनि पूरा नभएपछि मुख्यमन्त्री पाण्डेले चासो व्यक्त गरेका हुन्...
९ किलो चाँदीका गहनासहित जनकपुरबाट एक जना पक्राउ
जनकपुरधाम । धनुषामा प्रहरीले चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–५ बाट सुनसरीको इटहरी उपमहानगरपालिका-५ शिवालय टोलका ३० बर्षीय कुमार खातीलाई चाँदीको विभिन्न गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार खातीको साथबाट ९ किलो ७ सय ६७ ग्राम...
चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप
चितवन । जिल्लामा १८ वर्षमाथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको...
सिंहदरवार अगाडि पुगेर पुर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । मंगलबार दिउँसो समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा उनले माल्यार्पण गरेका हुन् । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए । राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड...
नारायणहिटी ठेक्का प्रकरणः भेषनारायण दाहालले दिए राजीनामा
काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार दाहालले...










