समाचार
खरायो गतिमा कोरोना संक्रमण, कछुवा गतिमा होल्डिङ सेन्टर निर्माण
बुटवल । पछिल्लो समय भारतबाट नेपाल भित्रिने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुने दर खरायो गतिमा बढिरहेको छ । तर संक्रमितलाई राख्न लुम्बिनी प्रदेशका सीमा नाकामा बन्दै गरेको होल्डिङ सेन्टर निर्माणको काम भने कछुवा गतिमा अघि बढीरहेको छ । एउटा होल्डेङ सेन्टर निर्माणको काम त शुरु नै हुन सकेको छैन...
स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै
काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिन काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई...
कोरोना निरन्तर उकालोः थप १४ सय ४६ जनामा संक्रमण पुष्टि
काठमाडौं । देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म...
राष्ट्र बैंकको निर्देशन: सबै एटीएम बुथमा सेनिटाइजर राख्नु
काठमाडौँ । कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ । जसअनुसार सेवाग्राहीको भीडभाड नहुनेगरी भौतिक दूरी कायम रहने व्यवस्था मिलाई सेवा दिन निर्देशन दिइएको छ । त्यस्तै सबै एटीएम बुथहरुको ढोका खुलै राख्न र सेनिटाइजरको व्यवस्था...
विद्यालयहरु भोलिदेखि नै बन्द हुने, विश्वविद्यालयको परीक्षा नरोकिने
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यसअघि सोमबार कोभिड–१९...
प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो
काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मका लागि सारिएको छ । संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्। यसअघि...
मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभागबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर...
प्रधानन्यायाधीश जबराविरुद्धको रिट निवेदनः न दर्ता, न दरपीठ
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबीनको आदेश माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट एक महिनादेखि अलपत्र परेको छ । अधिवक्ता माधवकुमार बस्नेतले गत मंसीर २८ गते पेश गरेको निवेदन एक महिना बित्दासमेत सर्वोच्च अदालत प्रशासनले न दर्ता गरेको छ, न दरपीठ (अस्वीकृत हुने आदेश) नै गरेको छ ।...
राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू
काठमाडौं । माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि आजबाट निर्वाचन आचार संहिता शुरु भएको छ। निर्वाचन आयोगले आजबाट निर्वाचन सम्पन्न नभएसम्म मुलुकभर यो आचारसंहिता लागू हुने जनाएको छ। आयोगले एक सूचना प्रकाशित गर्दै निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि...
र्यापर लाहुरे थप १७ दिन थुनामा
कास्की। लागु औषसम्बन्धी कसुरमा पक्राउ परेका र्यापर आशीष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । आइतबार अदालतले १७ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो । यसअघि ८ दिन थुनामा राखी अनुसन्धान...










