मिलमा सल बेरिएर महिलाको मृत्यु

अखबार हब
२०७८ पुष २८, बुधबार १४:११

अछाम । चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*