जबराको राजीनामा माग गर्दै बारको आन्दोलन जारी

अखबार हब
२०७८ पुष २८, बुधबार १४:२१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले आज पनि बिरोध प्रदर्शन गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानुन व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।

अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका बिरुद्ध यो आन्दोलन भइरहेको छ । न्यायालयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ । जबसम्म चोलेन्द्रशमशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ ।’

त्यस्तै अधिवक्ता रामचन्द्र सिम्खडाले न्यायालयभित्र रहेका न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*