समाचार
राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) को नेता शशिकला दाहाल कोरोना संक्रमित भएकी छिन् । स्वास्थ्य अवस्था सामान्य भएकी दाहाललाई केही दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशन सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ लगायत नेताहरूलाई...
मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु
नुवाकोट । मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको ज्यान गएको छ । पासाङल्हामु मार्गअन्र्तगत वट्टार–त्रिशूली सडकखण्डको बीचमा रहेको ढुंगेमा बिहीबार राती मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय सशांक पाण्डेको ज्यान गएको हो । विदुर–१ सिमुटार घर भइ वट्टारस्थित सन्जिवनी पोलिक्लिनिकमा कार्यरत पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पाण्डेको उद्धार गरि...
सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको...
भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु
चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो । पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८...
उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृत्यु
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ । ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो । हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए । उनको घटनास्थलमै...
आजको मौसमः देशभर आंशिक बदली
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिक बदली रहने छ। पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको हो। बुधबार राति काठमाडौं उपत्यकासहित देशका केही भेगमा मेघगर्जनसहित असिना र पानी परेको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं...
नारायणहिटी ठेक्का प्रकरणः दाहालमाथि कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानविन गर्न कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सिफारिस गरेको छ ।
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय...
वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल
काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै डेढ वर्षपछि बौरिएको वैदेशिक रोजगारीको क्षेत्रमा फेरि त्रास सिर्जना भएको छ । नेपालमा उच्च गतिमा फैलिँदो कोरोना संक्रमण दरले मेनपावर व्यवसायी मात्रै हैन, विदेश जाने प्रक्रियमा रहेका श्रमिक पनि त्रसित छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ...
थप ३०७५ मा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको...









