समाचार

कलङ्कीमा बसको ठक्करबाट एक किशोरको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो । बसको ठक्करबाट सख्त घाइते बुढामगरको...

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक...

थप ४६३६ जनामा देखियो कोरोना संक्रमण, चारजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ। संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६१७ जना...

बालमैत्री सहजकर्ता हटाइएकोमा मनहरीका तीन दलको आपत्ति

मकवानपुर । नेपालकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा भएको मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवती र सुत्केरी समेत रहेका बालमैत्री सहजकर्ता र कृषि प्राविधिकलाई बर्खास्त गरेको घटनाप्रति प्रमुख तीन राजनीतिक दलले आपत्ति जनाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती प्रकाशन गरी तत्काल...

कोरोनाको तेस्रो लहर सामना गर्न हामी तयार छौँ – हेटौंडा अस्पताल

मकवानपुर। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौंडा अस्पताल कोरोना भाइरस महामारीको तेस्रो लहरसंग जुध्नका लागि तयार हालतमा रहेको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै कोरोनाको दोस्रो लहरमा पनि संक्रमितहरुलाई उपचार गर्न सफल भएकोले अब तेस्रो लहर आउन लागेकाले त्यसको तयारीमा आफूहरू रहेको प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पतालका...

वीर अस्पतालका दश चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । वीर अस्पतालका दश चिकित्सकसहित २६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। चिकित्सक, नर्सिङ स्टाफ, क्लिनर लगायत २६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपनि तत्काल अस्पतालको सेवा भने प्रभावित नभएको अस्पतालका निमित्त कार्यकारी अधिकृत डा भूपेन्द्र बस्नेतले बताए। तर यसरी...

थपिए ५०८७ जना कोरोना संक्रमित

काठमाडों । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल...

प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने

जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । त्यसका लागि नेपाली कांग्रेसका नेता स्व। महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।...

जिपलाइनमा लगानीकर्ताको आकर्षण, देशभर झण्डै एक दर्जन सञ्चालनमा

काठमाडौं । नेपालमा जिपलाइनको इतिहास लामो छैन । तर, छोटो समयमा सबैभन्दा आकर्षक साहसिक पर्यटकीय उत्पादनका रुपमा जिपलाइनले आफ्नो पहिचान बनाउन सफल भएको छ । नेपालका अधिकांश जिपलाइनमा आफ्नो अनुभव लिएका पर्यटन अभियन्ता विष्णुकान्त घिमिरेका अनुसार सबैभन्दा रोमाञ्चक अनुभूति दिने गरी पोखरामा पहिलो पटक सराङकोट डाँडाबाट जिपलाइन शुरु भएको...

जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

काठमाडौं । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले...