समाचार
काष्ठमण्डपमा नयाँ मूर्ति नराख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । पुनर्निर्मित काष्ठमण्डपको मूर्ति विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता समेत रहेका सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गरेर नित्य पुजा गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले नयाँ मूर्ति राख्ने कार्य तत्काल रोक्न भन्दै...
एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन्...
समाचारका विषयमा अखबारहवकर्मी न्यौपानेलाई धम्की
मकवानपुर । जिल्ला मालपोत कार्यालय मकवानपुरको समाचारको विषयलाई लिएर एक व्यक्तिले अखबारहवकर्मी पत्रकार राममणि न्यौपानेलाई धम्की दिएका छन् । आज (सोमबार) बिहान करिब ९ बजेको समयमा आफुलाई राजकुमार अर्याल नाम बताउने ब्यक्तिले अखबारहव डटकम र अखबारहव डटकमको आधिकारिक युट्युब च्यालनमा मिति २०७८ पुष ७ गते ‘मालपोत कार्यालय हेटौंडामा अखबारहवको...
चन्द्रागिरिमा चक्कु हानेर एक जनाको हत्या
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र...
प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो
काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत...
राजधानी जनकपुरधामका लागि मतदान प्रक्रिया सुरु
जनकपुर । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुने प्रस्तावका लागि मतदान प्रक्रिया सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो । प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र...
काठमाडौंका यी १७ ठाउँमा लगाउन पाइन्छ बुस्टर डोज
काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप ९बुस्टर डोज० दिने भएको छ । तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर) काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख...
प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी
काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ । अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी,...
मकवानपुरमा टिफरको ओभरलोड आतंक, प्रशासन भन्छ-जरिवाना काटेका छौँ
मकवानपुर । मकवानपुरमा टिफर आतंक दैनिक जसो बढिरहे पनि नियमनकारी निकाय भने मुखदर्शक बनेको छ । दैनिक जसो मकवानपुर भित्र एक हजार बढी टिफरहरु चल्ने गरेका छ्न् ती मध्ये अधिकाशंले क्षमता भन्दा बढी भार बोक्ने गरेको छ । जसको कारण दैनिक रुपम दुर्घटना बढिरहेको भए पनि ओभरलोड बोक्ने टिफरलाइ...
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन...









