समाचार

बर्जु महोत्सवमा भारतीय कलाकार नआएपछि आक्रोशित समूहद्वारा चारवटा गाडी आगजनी

सुनसरी । सुनसरीको बर्जु तालस्थित बर्जु महोत्सवमा भारतको बिहारका चर्चित कलाकार तथा गायक खेसारीलाल यादव नआएको भन्दै आक्रोशित समूहले महोत्सवको मञ्च र चार वटा गाडीमा आगजनी गरेका छन् । यसअघि महोत्सवमा कलाकार खेसरीलाल आउने भन्दै आयोजकले व्यापक प्रचार गरेको थियो । उनलाई हेर्न दर्शकहरू मंगलबार बिहानैदेखि महोत्सव स्थल पुगेका...

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनालाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि कोरोना संक्रमण भएको छ। तीन दिनदेखि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको आरटी–पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ हो। तिमल्सिनाका प्रेसविज्ञ अशोक पौडेलका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ। उनी अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका पौडेलले बताए। सचिवालयले उनको प्रत्यक्ष सम्पर्कमा...

हेटौंडाका स्वास्थ्य संस्थामा मकवानपुर प्रशासनको अनुगमन

मकवानपुर । हेटौंडामा रहेका निजि स्वास्थ्य संस्थामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा मंगलबार हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको अनुगमन गरेको हो । सहायक प्रजिअ बद्रीनाथ गैह्रेको नेतृत्वमा गरिएको अनुगमनमा विशेषत स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर लगायत अन्य औषधिहरुको मुल्य, दर्ता नविकरण,...

राहदानी वितरण स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ । विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था...

पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ । हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै...

हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत विहीबारदेखि आज मंगलबार सम्ममा सक्रिय संक्रमित हुनेहरुको संख्या ३६ जना रहेको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए । संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय...

एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा...

काठमाडौं उपत्यकाका प्रशासनको नयाँ आदेश जारी (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका हुन्। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश...

सप्तरीमा एकैदिन ६५ जनामा कोरोना, एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा एकै दिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना ल्याबमा ७५ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा अधिकांश न्यायालय र सुरक्षा निकायका...

स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छः स्वास्थ्य सचिव

काठमाडौं । स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय...