समाचार
सर्वोच्चले गर्यो सेवा कटौती, अब ६ प्रकारका सेवा मात्रै उपलब्ध हुने (हेर्नुहोस् विज्ञप्ति)
काठमाडौं । सर्वोच्च अदालतले भोलि बुधबारदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको छ । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ । मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा...
२०७९ सालको दशैंको टीका असोज १९ गते, विवाहको लगन मात्रै ५६ दिन
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९...
कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
काठमाडौं । कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन् । प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने...
मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो । बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय...
भीमफेदी कारागारमा छैनन् स्वास्थ्यकर्मी
मकवानपुर । मकवानपुरको भीमफेदीमा क्षेत्रीय कारागार स्थापना भएको एक दशकभन्दा बढी भइसक्दा पनि स्वास्थ्यकर्मी खटाइएको छैन् । सरकारले क्षेत्रीय कारागारमा चिकित्सकसहित २ जनाको दरबन्दी तोकिदिएको छ । तर अहिलेसम्म कारागारमा कोही पनि आएका छनन् । ‘स्वास्थ्यकर्मीको दरबन्दी छ, तर स्वास्थ्यकर्मी पठाएको छैन,’ जेलर मदन लामाले भने, ‘भीमफेदी कारागार स्वास्थ्यकर्मीविहीन छ ।’ २ वटा...
बालिका बलात्कार आरोपमा कांग्रेस नेता कोइरालाविरुद्ध मुद्दा
मोरङ । बालिका बलात्कार आरोपमा प्रहरीले कांग्रेस प्रदेश–१ समिति सदस्य शिव कोइरालाविरुद्ध मुद्दा दर्ता गरेको छ । १० वर्षीया बालिका बलात्कार उद्योगमा प्रहरीले सोमबार ५२ वर्षीय कोइरालाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको हो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङका अनुसार कोइरालाविरुद्ध बालिका बलात्कार उद्योगविरुद्ध मुद्दा दर्ता गराएर अदालतबाट अनुसन्धानका...
कोरोना नियन्त्रणका लागि मकवानपुर प्रशासनको १६ बुँदे आदेश
मकवानपुर । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी १६ बुँदे आदेश जारी गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विज्ञप्तिमार्फत् आदेश जारी गरेका हुन् । प्रजिअ पाण्डेद्धारा जारी आदेशमा कुनै पनि भेला, जुलुस, आमसभाजस्ता भीडभाड हुने...
बसपार्क र सार्वजनिक स्थलमै खोपको व्यवस्था गर्दै वागमती सरकार
मकवानपुर । वागमती प्रदेश सरकारले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पु¥याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समिति पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पु¥याउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्री निमा लामाका अनुसार प्रदेशमा खोप लगाउने नागरिकको दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान...
प्रदेश २ को नाम ‘मधेस’ प्रदेश
काठमाडौं । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । संविधानअनुसार प्रदेशको नाम र...
ललितपुर महानगरका फ्रन्टलाइनरलाई भोलिदेखि बुस्टर डोज खोप
काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबारदेखि कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै महानगरका ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो । माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स...










