हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

अखबार हब
२०७८ माघ ४, मंगलवार १७:१७

मकवानपुर । हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत विहीबारदेखि आज मंगलबार सम्ममा सक्रिय संक्रमित हुनेहरुको संख्या ३६ जना रहेको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए ।

संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जना गरी ३५ जनामा कोरोना संक्रमण भएको अध्यक्ष प्रसाईले बताए । आफुमा समेत लक्षण देखिएको र अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई समेत कोरोना संक्रमण भएको उनले जानकारी दिए ।

तीन सय भन्दा बढी कर्मचारी रहेता पनि हामीले १० बजे देखी १ बजे सम्मलाई ओपिडी सेवा सञ्चालन गर्ने रणनीति बनाइरहेको सापकोटाले जानकारी दिए । मकवानपुरमा कोरोनाको संक्रमणको संख्या बढिरहेको अवस्थामा इर्मजेन्सी भएमा मात्र अस्पताल आउन नत्र सामान्य भएमा नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न आग्रह गरेका छन् ।

हामीलाई माघ महिनाभर अस्पतालको सेवामा केहि समस्या उत्पन्न भएता पनि विभिन्न प्राइभेट अस्पताल तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु परिचालन गराउनको लागि सम्बन्धित निकायलाई जानकारी गरि आवश्यक पहल गरिने समेत उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*