हेटौंडाका स्वास्थ्य संस्थामा मकवानपुर प्रशासनको अनुगमन

अखबार हब
२०७८ माघ ४, मंगलवार १८:०५

मकवानपुर । हेटौंडामा रहेका निजि स्वास्थ्य संस्थामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा मंगलबार हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको अनुगमन गरेको हो ।

सहायक प्रजिअ बद्रीनाथ गैह्रेको नेतृत्वमा गरिएको अनुगमनमा विशेषत स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर लगायत अन्य औषधिहरुको मुल्य, दर्ता नविकरण, सेवा अनुसारका दक्ष कर्मचारीबारे अनुगमन गरेको थियो ।

हेटौंडा १० राप्तिरोडमा रहेको विशेष फार्मेसीमा सम्बन्धित फर्मासिस्ट नभई अरु स्वास्थ्यकर्मीले नै औषधि विक्री वितरण गरिएको पाएकोले फर्मासिष्ट नआउन्जेल फार्मेसी बन्द गर्न लगाइएको छ भने अधिकांस मेडिकलमा माक्स र सेनिटाइजरका मुल्य सुचि राख्न सबैलाई आदेश दिइएको थियो ।

करिब आधा दर्जन भन्दा बढी मेडिकलहरुमा गरिएको अनुगमनमा माक्स ५ रुपैयाँमा विक्री गरिनुपर्ने, सेनिटाइजर, अक्सिमिटर लगायतका स्वास्थ्य सामाग्रीको मुल्यसुची राखी विक्री वितरण गरिनुपर्ने सुझाव दिइएको छ । सम्बन्धित व्यक्तिले मात्रै औषधि विक्री गर्न समेत आग्रह गरिएको छ ।

No description available.

अनुगमनमा जिल्ला प्रशासनका प्रमुख प्रशासकीय अधिकृत गुणराज न्यौपाने, स्वास्थ्य कार्यालय मकवानपुरका क्षयरकुष्ठ रोग निरिक्षक ठाकुर पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका सचिव माधव ज्ञवाली, साना तथा घरेलु उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चुडाकुमारी खड्का लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*