समाचार

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको...

जनजीवनमा बन्देज थप्दै सरकार, यस्तो छ ३६ बुँदे नयाँ मापदण्ड (पूर्णपाठ)

काठमाडौं । सरकारले ओमिक्रोनसहितको कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्विकृत गरेको ३६ बुँदे नयाँ आदेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक गरेको हो । ओमिक्रोनसहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सङ्क्रामक रोग...

धुर्मुससुन्तली विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं। सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् । आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर...

बलात्कारपछि बालिका हत्या आरोपमा आमाछोरा पक्राउ

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका– ७ कोतवालीकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोतवाल गाउँपालिका–८ का ४० वर्षीया शान्तिदेवी कानु र उनका २० वर्षीय छोरा सन्तोष साह कानु छन् । शान्तिदेवीलाई दसी प्रमाण लुकाएको र सन्तोषमाथि बालिका बलात्कार गरी हत्या गरेको आरोप...

कर्मचारीलाई कोरोना लागेपछि मालपोत कार्यालय अनिश्चितकाल बन्द

मोरङ । विराटनगरस्थित मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि र अरुमा लक्षण देखिएपछि अनिश्चितकालको निम्ति कार्यालय बन्द गरिएको हो । कार्यालयले आज जारी गरेको सूचनमा अर्को सूचना नभएसम्मको लागि कार्यालय बन्द भएको उल्लेख छ । सूचनामा भनिएको छ, ‘अर्को सूचना...

हेटौंडामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

मकवानपुर । हेटौंडामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचारको क्रममा हेटौंडा ११ बस्ने ६९ वर्षका एक पुरुषको आइतबार विहान १ बजे निधन भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । कोरानाका कारण पछिल्लो समय मकवानपुरमा संक्रमितको संख्या बढ्दै गइरहेकोले स्वास्थ्य मापदण्ड...

बागमतीका मुख्यमन्त्री पाण्डे सार्वजनिक कार्यक्रममा सहभागी नहुने

मकवानपुर । कोरोना संक्रमणदर बढेसँगै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् । पाण्डेले मन्त्रालयभन्दा बाहिर हुने कार्यक्रममा सहभागी नहुने आफ्नो सचिवालयले बताएका छन् । मुख्यमन्त्रीका निजी सचिव अच्युतप्रसाद उपाध्यायका अनुसार मुख्यमन्त्री पाण्डे सहभागी हुने निश्चित भइसकेका करिब एकदर्जन बढी कार्यक्रममा रद्ध गरिएको छ ।...

कलेज तथा ट्युसन सेन्टरहरु माघ १५ गतेसम्म बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय बढ्दै गएपछि सरकारले जारी गरेको नियन्त्रणसम्बन्धी आदेशमा माघ १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेप्सेमा ६९ अंकको वृद्धि हुँदा २९०० माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९०० अंक माथि पुगेको छ । आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ अंकमा बन्द भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएसँगै लगातर बढीरहेको नेप्सेमा ४०० अंक भन्दा बढीको वृद्धि भइसकेको छ । सन्...