समाचार
हेटौंडा प्रवेश गर्दा पीसीआर अनिवार्य
मकवानपुर । प्रदेश नम्बर २ बाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । बागमती प्रदेशको मुकाम हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या बढी हुने भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय प्रदेश सरकारले गरेको छ । बिहीबार...
नेपालकै पहिलो बालमैत्री गाउँपालिकामा गर्भवती र सुत्केरी कर्मचारी नै बर्खास्त
मकवानपुर। महिलालाई सुत्केरी वा गर्भवती हुँदा थप माया, स्नेह र सकारात्मक व्यवहार देखाउनुपर्ने बेला मकवानपुरको मनहरी गाउँपालिकाले भने २ जना सुत्केरी र २ जना गर्भवतीसहित १० जनालाई जागिरबाट जबरजस्ती हटाएको छ । नेपालकै पहिलो बालमैत्री गाउँपालिका भनिए पनि बालबालिका र महिलालाई मानसिक र आर्थिक क्षति हुने गरी मनहरी गाउँपालिकाले...
प्रादेशिक पूर्वाधार बनाउन जग्गा खोज्दै बागमती सरकार
मकवानपुर। बागमती सरकारले स्थायी राजधानी तोकेको दुई बर्षपछि प्रादेशिक संरचना निर्माणको लागि स्थान छनोट शुरु गरेको छ । अव्यवस्थित सरकारी संरचनामा सञ्चालन हुदै आएको बागमती सरकारका मन्त्रालय र कार्यालयका लागि आफ्नै व्यवस्थित संरचना तयार गर्न प्रदेश सरकारले जग्गा खोजी शुरु गरेको हो । बुधबार मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक ममिला...
जिसस मकवानपुरका प्रमुख खुलाललाई कोरोना संक्रमण
मकवानपुर। जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहिबार सामाजिक संजालमा लेख्दै प्रमुख खुलाले आफुलाई संक्रमण पुष्टि भएको जनाएका छन् । प्रमुख खुलालले आफु संग तीन दिन देखि सम्पर्कमा पाईपुगेका सबैलाई सतर्क र सचेत रहन आग्रह गरेका छन् । उनले...
स्वास्थ्यकर्मीको करार अवधि थप गर्न अस्पतालहरुलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न...
बाटो खनिरहेको स्काभेटर पहिरोमा पुरिदा ३ बेपत्ता
धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिक–१ पुरुमा बाटो खनिरहेको स्काभेटर माथि पहिरो खस्दा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन्। रुवीभ्याली गाउँपालिका–१ पूरुबाट लिङ्जो गाउँ जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा उक्त पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्। पहिरोमापरी सिन्धुपाल्चोक घर भएका स्काभेटर चालक आकाश तामाङ, सहचालक राजु तामाङ...
मकवानपुरमा ७१ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानजपुरमा आज थप ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८० जनामा पिसिआर र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५४ जना र १७ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५१...
देशभर थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आजसम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् । आज एकजनाको...
टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना
काठमाडौं । महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए। उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको जानकारी दिए। ती मध्ये एक जनालाई भने...
सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैनः स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र...










