कोरोनाको तेस्रो लहर सामना गर्न हामी तयार छौँ – हेटौंडा अस्पताल

अखबार हब
२०७८ पुष ३०, शुक्रबार २०:२२

मकवानपुर। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौंडा अस्पताल कोरोना भाइरस महामारीको तेस्रो लहरसंग जुध्नका लागि तयार हालतमा रहेको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै कोरोनाको दोस्रो लहरमा पनि संक्रमितहरुलाई उपचार गर्न सफल भएकोले अब तेस्रो लहर आउन लागेकाले त्यसको तयारीमा आफूहरू रहेको प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईँले बताए । कोरोनाका बिरामीलाई दोस्रो लहरमा पनि उपचारमा सकेको प्रयास गरिएको र अहिले पनि कुनै कमी हुन नदिने अस्पतालले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका र उद्योगसंघले दिएको अक्सिजन प्लान्ट सञ्चालन भइरहेको र अब फेरी अर्को अक्सिजन प्लान्ट केही दिनमानै सञ्चालन हुने भएकाले बाहिरबाट अब अक्सिजन खरिद गर्नुपर्ने बाध्यता नरहेको उनले बताए । कोरोनाका बिरामी जाँच गराउनका लागि आइसीयु, एचडीयु, भेन्टिलेटर, इमर्जेन्सी वार्ड तयारी हालमा रहेको बताए ।

अस्पतालको लागि भौतिक पूर्वाधार अभाव हट्दै गएको बताउँदै प्रेस रजिष्टार प्रसाईँले भने –‘नयाँ निर्माण भएको भवन पुरा हुँदै छ । दुई महिना भित्रमा हस्तान्तरण भएपछि झनै सहज हुने र अर्को भवन निर्माणको काम पनि तिब्र गतिमा भइरहेको छ ।’ प्रतिष्ठानको डाक्टर र नर्स अध्यापन गराउनका लागि हेटौंडाको टीसीएनमा भवन निर्माणका लागि टेन्डर भइसकेको उनले बताए ।

प्रतिष्ठानको शैक्षिक भवनको टेण्डरपछी अबको केही वर्षमा आफ्नै भवनमा राखेर पढाउन सकिने प्रतिष्ठानका चिरन्जीबी चुडालले बताए। अहिले अस्पतालको फोहोरमैला पनि व्यावस्थापन भएको उनले बताए। अस्पतालमा डेण्टल पनि सुरु गर्ने तयारी गरिएको छ । अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण भइसकेकोले सावधानी पनि अपनाइएको अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*