सिङ्गो गढी गाउँपालिकामा अवैधानिक औषधि पसल, स्वास्थ्य प्रमुख भन्छन् एक हप्ता भित्र कारवाही गर्छु
मकवानपुर । पछिल्लोपटक मानव स्वास्थ्य माथि नै खेलबाड गर्ने गरी जिल्लामा अवैध औषधि पसल फस्टाउन थालेका छन् ।
त्यस्ता अवैध औषधि पसल जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेको ८ वटै वडामा बग्रेल्ती रहेको दर्जन भन्दा बढी औषधि पसलकोहरुको स्थलगत रिपोटिङको शिलशिलामा अखबारहवको टिम गढी गाउँपालिकाका विभिन्न वडा पुग्दा गढी गाउँपालिकाका सबै वडामा अवैध औषधि पसल सञ्चालनमा रहेको पाईएको हो ।
सामान्यतः औषधि व्यवस्था विभाग वीरगञ्ज र सम्बन्धीत पालिकामा स्वास्थ्य संस्था दर्ता गर्नुपर्ने प्रावधान भए पनि पालिकाको कुनै पनि निजी स्वास्थ्य संस्था दर्ता नगरी सन्चाल गरेर कानुनको धज्जी उडाउँदा समेत गाउँपालिका मुकदर्शक बनेर बसेको छ । यस विषय मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब्र लामिछानेसँग बुझ्दा अवैध सञ्चालित सबै औषधि पसललाई कारबाही गरिने बताए । उनले भने “गाउँपालिकामा अवैध औषधि पसल सन्चालनमा छन् भन्ने जानकारी थिएन अब त्यस्ता औषधि पसललाई एक हप्ता भित्र कारबाहीको दाएरमा ल्याइने छ ।’
यता औषधि पसल सन्चालकहरु कोही हाम्रो क्यामेरा देख्ने बित्तिकै भाग्छन् त कोही आफूले सन्चालन गरेको औषधि पसल अवैधानिक हो भनेर सहर्ष स्वीकार गर्छन्, यस्तो अवस्था हुदाँ हुँदै पनि गाउँपालिकाले अनुगमन गरेर अवैधानिक सन्चालीत औषधि पसललाई कारबाही गर्नु त परको कुरा कानमा तेल हालेर बसेको छ ।
मकवानपुरका सरकारी अस्पताल बाहेक फार्मेसी, प्राइभेट किल्निक तथा अस्पतालहरु अनगिन्ती रहेका छन् । तर यसको सही तथ्यांक भने न स्थानीय तहसगँ छ न जिल्ला स्वास्थ्य कार्यालयमा नै ।







