चितवनमा १ सय १७ स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण

अखबार हब
२०७८ माघ ५, बुधबार १०:२७

काठमाडौं । चितवन जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएका छन्। चितवनका विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायत १ सय १७ जना स्वास्थ्यकर्मीलाई कोरानो पुष्टि भएको हो।

भरतपुर अस्पतालमा ३७ जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ४० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

चितवन मेडिकल कलेजका ३० जनामा कोरोना पुष्टि भएको र पुरानो मेडिकल कजेलका १० जनामा कोरोना पुष्टि चितवन स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ।

संक्रमित सबै चिकित्सक स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको र उनीहरू होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयले दिएको छ। ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या पैदा भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*