समाचार

६०० केजी गुणस्तरहीन महसहित एक जना पक्राउ

काठमाडौं । गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद...

मास्कको कालोबजारी गर्ने औषधी व्यवसयी धरौटीमा रिहा

मकवानपुर । हेटौंडामा मास्कको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका तीन जना औषधी व्यवसायी धरौटीमा रिहा भएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जनही ५ हजार रुपैयाँ धरौटीमा तीनैजनालाई बिहीबार तारेखमा छाड्न आदेश दिएको हो । सर्जिकल मास्क १० रुपैयाँमा विक्री गरेको भन्ने उपभोक्ताको उजुरीपछि प्रशासन कार्यालयको आदेशमा...

स्थानीय तहको चुनाव धकेल्न खोजेकोमा गठबन्धनप्रति एमाले महासचिवको व्यंग्य

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् । महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे...

मधेस आन्दोलनको १५ वर्षः पहिचान पायो, अधिकार पाएन

काठमाडौं । मधेस आन्दोलन भएको १५ वर्ष पूरा भएको छ । २०६२/६३ को जनआन्दोलनपश्चात् पुनस्र्थापित प्रतिनिधिसभाबाट अन्तरिम संविधान घोषणा भयो । तर, सो अन्तरिम संविधानमा संघीयता उल्लेख गरिएको थिएन । फलस्वरूप संघीयतासहित मधेसका मुद्दा माग गर्दै मधेसमा आन्दोलन सुरु भयो । संघीयता, समानुपातिक समावेशी सहभागिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र...

वागमती प्रदेशसभा बैठक अनिश्चित,कानुन निर्माण ठप्प

मकवानपुर । वागमती प्रदेशमा कानुन निर्माण प्रक्रिया ठप्प भएको छ । करिब एक वर्षदेखि कानुन निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ गत पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सोझो असर प्रदेशसभामा पनि परेको छ । संघमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मल्य,अब कुनको भाउ कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा ३...

हेटौंडामा मास्क कालोबजारी गर्ने थप एकजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क कालोबजारी गर्ने थप एकजना पक्राउ गरेको छ । मंगलबार महँगोमा मास्क बेच्ने दुईजना पक्राउ गरेको प्रहरीले बुधबार पनि थप एकजना पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । व्यवसायीले महँगो मुल्यमा मास्क विक्री गरेको...

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने,...

हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, खोप कार्ड देखाए पुग्ने

काठमाडौं । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो । यसबारे संस्कृति, पर्यटन तथा नागरिक...

घट्यो कोरोना परीक्षणको शुल्क, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि...