समाचार

आईओएमअन्तर्गतका सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित

काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको छ । आएओएमकी डिन डा।दिब्या सिंहले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा रोकिएको जानकारी दिएन् । ‘कोरोनाको संक्रमण बढ्दो छ । कतिपय विद्यार्थी संक्रमित हुँदै गएका छन्,’ डा. सिंहले भनिन्, ’...

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा...

भीमफेदीका कैदीबन्दीले पाएनन् औषधि

मकवानपुर । चिसोको कारण रुघाखोकी लागेर बिरामी परेका क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीहरु औषधि नपाएर समस्यामा परेका छन् । कैदीबन्दीलाई रुघाखोकी लागेको छ भने केहीलाई सामान्य ज्वरोसमेत छ । जेल प्रशासनले उनीहरुलाई औषधि उपलब्ध गराउन सकेको छैन । ‘रुघाखोकी लागेकालाई डिकोल्ड, साइनेक्स दिनुपर्छ,’ जेलर मदन लामाले भने, ‘त्यो एक ट्याब्लेट...

मन्त्री क्वाटर सजावटका लागि मात्रै २४ करोड

काठमाडौं । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा...

बैशाखमै एसईई : सुगमकाले अनलाइनमा पढे, दुर्गमकालाई थाहै छैन कोर्स

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन्...

एसईई आगामी वैशाखमा, तयारीमा जुट्न आग्रह

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा...

आइतबार देशभरका अदालत बन्द

काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा...

जबरजस्ती करणीको आरोपमा रुपन्देहीका २ युवा पक्राउ

बुटवल । जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका १३ पिपराका २० वर्षीय गणेश यादव र २६ वर्षीय सुवास यादव छन् । उनीहरुलाई १९ वर्षीय किशोरी र २२ वर्षीय युवतीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला...

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ भने १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५...

दशगजा क्षेत्रमा एसएसबीको सुरक्षा पोष्ट

मोरङ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ । विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो । विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो । एक...