समाचार

मास्क नलगाएर हिड्ने ५९ जनालाई मकवानपुर प्रशासनको कारबाही

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाइ हिँड्ने ५९ जनालाई कारबाही गरेको छ । प्रशासनको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एकसय रुपैयाँ दरले जरिवाना...

मकवानपुरगढीमा मनाइयो २ सय ५९ औं विजय उत्सव

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औं विजय उत्सव मनाइएको छ ।  यस वर्षभने कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाएर २५९ औं विजय उत्सव सामान्य तरिकाले मनाइएको हो । आज माघ १० गते अर्थात २ सय ५९ वर्ष अघि आजैको दिन गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात...

वीरगञ्ज नाकाबाट ६ महिनामा झण्डै २३ करोडको कुकुर–बिरालोको खाना निर्यात

पर्सा । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाकाबाट कुकुर/बिरालोको खानाको निर्यातमा बृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार नाका भएर २२ करोड ९२ लाख ४ हजार रुपैयाँ बराबरको कुकुर/बिरालोको खाना निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।...

गरीब प्रदेशका धनी मुख्यमन्त्री (सम्पत्ति विवरणसहित)

काठमाडौँ । कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्ला र काठमाडौं गरी ३ घर, हुम्ला, बाँके र काठमाडौं गरी ५ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरण पेश गरेका छन्...

चित्तल बचाउन हेटौंडा उपमहानगर अगाडि विद्यार्थीको प्रदर्शन

मकवानपुर । चित्तल बचाउन हेटौंडा उपमहानगरपालिका अगाडि विद्यार्थीले प्रदर्शन गरेका छन् । हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा कुकुरको आक्रमणबाट चित्तलको मृत्यु भएपछि चित्तल संरक्षणको माग गर्दै वन विज्ञान अध्ययन सस्थानका विद्यार्थीले सोमबार बिहान उपमहानगरअगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो दुई साताको अवधिमा चित्तलका ४ वटा पाठापाठी कुकुरको आक्रमणमा...

मकवानपुरमा थप १ सय ६६ कोरोना संक्रमित, सबैभन्दा बढी हेटौंडाका

मकवानपुर । मकवानपुरमा सोमबार थप १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा ४ सय ९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९३ तथा एन्टिजेन विधिबाट ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १७ पुगेको छ । पछिल्लो...

डिभिजन सडक कार्यालयको लापर्बाहीले गैंडा मर्‍यो : निकुञ्ज

चितवन । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे...

मकवानपुरमा २५ प्रतिशत स्वास्थ्यकर्मीमा संक्रमण,सबैभन्दा बढी हेटौंडा अस्पतालका

मकवानपुर । मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले कोरोना संक्रमण र खोपको अवस्थाबारे जानकारी गराउँदै कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मी...

स्थापना दिवसको अवसरमा स्वास्थ्य वीमा

मकवानपुर । हेटौंडा उपमाहानगरपालिका –७ स्थित किरण चोक आमा समूहले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर आर्थिक अवस्था कमजोर भएको दुईवटा परिवारको स्वास्थ्य वीमा गरिदिएको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा रोश्नी स्याङ्बो र राजकुमार थिङको परिवारको स्वास्थ्य वीमा गरिदिएको हो । संस्थाकी अध्यक्ष सावित्री अधिकारीका अनुसार ७...

मकवानपुरगढीको विजयोत्सव : विदेशी फौजलाई पराजित गरेको दिन

मकवानपुर । विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा हरेक वर्ष माघ १० गते मकवानपुरको मकवानपुर गढीमा विजय उत्सव मनाउँने गरिएको छ । कोडिभको कारण २५९ औं विजय उत्सव आज सामान्य तरिकाले मनाउन लागिएको हो । मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । साढे दुई...