समाचार

हेटौंडामा राष्ट्रियसभा निर्वाचन : ७० प्रतिशत मत खस्यो

मकवानपुर । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको लागि बुधबार हेटौंडामा मतदान जारी छ। बिहान नौ बजेबाट सुरु भएको मतदानमा करिब ७० प्रतिशत मत खसिसखेको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष दुईसय चार जना र प्रदेशसभाका ९५ जना सदस्यले मतदान गरिसकेको...

लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना

बुटवल । राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी दुर्घटनामा परेका छन्। चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना –२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत...

गैंडा मरेको विरोधमा विवेकशील साझाको प्रदर्शन

चितवन । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर एकसिंगे गैंडा मरेको विरोधमा मंगलबार विवेकशील साझा पार्टी चितवनले भरतपुर महानगरपालिकाको प्रवेशद्वारअघि हात्तीको गोबरसहित प्रदर्शन गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीसँग धकेलाधकेल गर्दै विवेकशील साझाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । ‘वन्यजन्तुको संरक्षणका लागि महानगर संवेदनशील होस् भनेर ध्यानाकर्षण...

ठाकुर–महतो बोलचाल बन्द

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति...

नेपाल यो वर्ष पनि ‘भ्रष्टाचार व्याप्त’ मुलुककै सूचीमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई यो वर्ष पनि भ्रष्टाचारको मलिलो भूमिमा चित्रित गरेको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सीले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकांकमा नेपाल अंक ३३ प्राप्त गरी ११७औँ स्थानमा सूचीकृत भएको छ । गतवर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको...

सरकारी फार्मेसीमा पाइँदैन औषधि,निजीमा चार गुणा बढी मूल्य

काठमाडौँ । बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन मुलुकभरका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएका फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेका छन् । अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैनन्, निजीमा चार गुणासम्म बढी मूल्य तिरेर औषधि किन्न सर्वसाधारण बाध्य छन् । सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको...

बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते

बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दोगडाकेदार गाउँपालिका१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको छ। सोमबार साँझ जंगलबाट गाउँपसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएका मनोरथसहित स्थानीय...

आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

मोरङ । सामान्य भनाभनमा आफुसँगै काम गर्ने साथीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ८ माघ साँझ सँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै साथी झप्पु भन्ने कटहरी गाउँपालिका ३ का २८ वर्षीय अशोक ऋषिदेवको हत्या आरोपमा सोही ठाउँका ३८ वर्षीय शेखर राजबंशी पक्राउ परेका हुन्...

भीमफेदी कारागारमा एक थुनुवाको लडेर मृत्यु

मकवानपुर। शौचालय जाने समयमा लडेका एक थुनुवाको मृत्यु भएको छ । मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो। कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा...