नेपालमा २ लाख ८२ हजार ७ सय २४ जनाले लगाए बुस्टर डोज

अखबार हब
२०७८ माघ १३, बिहीबार १७:५०

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा साढे पाँच लाख भन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ५ लाख ५४ हजार ५ सय ६६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा हालसम्म कुल जनसंख्याको ५४ दशमलव २ प्रतिशतले कोरोनाविरुद्धको कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् भने ४५ दशमलव २ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

त्यस्तै लक्षित जनसंख्या (१८ वर्ष वा त्योभन्दा माथि) को ८२ दशमलव ६ प्रतिशतले कमितमा एक मात्रा तथा ६८ दशमलव ९८ प्रतशितले पूर्ण मात्रा लगाइसकेका छन् । नेपालले हालसम्म ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप प्राप्त गरेको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार खोप अभियान प्रारम्भ भएदेखि हालसम्म कुल ३ करोड ४ चार ७५ हजार ५ सय ८९ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये कम्तिमा एक मात्रा खोप लगाएको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ छ भनै १ करोढ ३७ लाख ३४ हजार ३ सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

त्यस्तै २ लाख ८२ हजार ७ सय २४ जनाले अतिरिक्त खोप (बुस्टर डोज) समेत लगाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*